Back

अन्नपूर्ण केबल कार लिमिटेडको आ.व. २०८०।०८१ को वार्षिक साधारण सभा सम्बन्धी सूचना

मिति २०८१।१२।०८ गते सम्पन्न भएको यस अन्नपूर्ण केबल कार लिमिटेड (कम्पनी) कोसंचालक समितिको बैठकको निर्णय अनुसार कम्पनी ऐन, २०६३ को दफा ७६ बमोजिम कम्पनीको आ.व.२०८०।०८१ को वार्षिक साधारण सभा देहायको मिति, समय र स्थानमा देहायका विषयहरुमा छलफल तथा निर्णय गर्न बस्ने भएकोले उक्त वार्षिक साधारण सभामा उपस्थितिको लागि सम्पूर्ण शेयरधनी महानुभावहरुलाई अनुरोध गर्दछौ ।

मितिः २०८१ साल चैत्र महिना ३१ गते आइतबार (तदनुसार अप्रिल १३, २०२५ ।
समयः अपरान्ह २.०० (दुई) बजे ।
स्थानः वाटरफ्रन्ट रिसोर्ट लेकसाइड पोखरा ।

साधारण सभामा प्रस्तुत हुने प्रस्तावहरुः
क. सामान्य प्रस्ताव
(१) आ.व.२०८०।०८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने ।
(२) लेखापरीक्षको प्रतिवेदन सहित आ.व.२०८०।०८१ को वार्षिक आर्थिक विवरणहरु पारित गर्ने ।
(३) आ.व.२०८१।०८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
(४) सञ्चालकको नियुक्ति अनुमोदन गर्ने ।

ख. विशेष प्रस्ताव
(१) कम्पनीको अधिकृत पूँजी तथा जारी पूँजी वृद्धि गर्ने ।
(२) हकप्रद शेयर जारी गर्ने ।
(३) कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने ।
(४) पारित विशेष प्रस्तावहरु कार्यान्वयन गर्ने सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
(५) विविध ।

सञ्चालक समितिको आज्ञाले,
कम्पनी सचिव

Simlar news